
दार्चुला ।
दार्चुलाको सदरमुकाम स्थित एक घरबाट १० जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगडस्थित गणेशसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा हिजो (शुक्रबार) १० जना पक्राउ परेका हुन् ।

बिशेष सूचनाका आधारमा साँझ करिब ५ बजेतिर बुढाथोकीको घरमा पुग्दा नगद ४३ हजार ५ सय ६८ रुपैयाँसहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

गणेशसिंह बुढाथोकीसहित नौगाड गाउँपालिका—६ का गगन धामी, नौगाड गाउँपालिका—४ का जय सिंह धामी, कमल सिंह धामी, कमल सिंह ठगुन्ना, महाकाली नगरपालिका—४ का जनक लुहार, अरबिन बुढाथोकी, महाकाली नगरपालिका—१ का मोहनसिंह कार्की, दुहुँ गाउँपालिका—५ का देवसिंह कार्की, दिलिपसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
