
काठमाडौँ ।
ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ । छतमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको हो ।
भरतपुरमा बिरामी लिन जाने क्रममा हेलिकप्टर मेडिक टीमको लागि हेम्स हस्पिटल पुगेको थियो ।


हेलिकप्टर अवरतरण गर्ने क्रममा पुच्छरले छोएका कारण दुर्घटना भएको हो।
एयरनेस्टीको हेलिकप्टरको दुर्घटना भए पनि कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ।
दुर्घटनामा परेको हेलिकोष्टरका पाइलट सकुशल छन् भने हेलिकप्टरको पछाडिको पंखा खुस्किएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
