Skin_Hospital_Dhn

कैलालीमा लागू औषध खैरो हेरोइनसहित तिन जना पक्राउ

धनगढी ।
कैलालीमा अवैध लागू औषध खैरो हेरोइनसहित तिन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका—५ कौवाखेडाबाट दिपेन्द्र बोहरा समेत २ जना हिजो (शुक्रवार) दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी पगियापासारबाट संयुक्त रूपमा खटिएको टोलीले भजनी नगरपालिका—५ कौवाखेडाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बर्दगोरीया गाउँपालिका—४ बस्ने २३ वर्षीय दिपेन्द्र बोहरा समेत २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालतर्फ आउँदै गरेको ना।४१ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...