Skin_Hospital_Dhn

बितेको २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।
बितेको २४ घण्टामा नेपालमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ सक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित
Loading...