
अछाम ।
अछाममा एक महिला बच्चासहित मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ढकारी गाउँपालिका—४ त्रीबेणी स्थित कर्णाली नदि किनारमा ५ महिनाको बच्चासहित हिजो (शुक्रबार) राति मृत अवस्थामा फेला परेकी हुन् ।

ढकारी गाउँपालिका—४ बस्ने धर्म बहादुर साउँदकि अन्दाजि २२ बर्षिया श्रिमति कमला कुमारि बुढा स्थानिए ज्ञानमन्दिर मेडीकलमा उपचारको लागी जान्छु भनि घरबाट हराएकी थिइन् । उनलाइ कर्णाली नदि किनारमा स्थानिय कृपा बुढाले फेला पारी प्रहरीलाइ फोनमार्फत खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेकोे थियो ।

उक्त सब आज साझ पोष्टमाटमका लागी जिल्ला अस्पताल मंगलसेन अछाम पठाइएको कैलाश सिंह बिष्ठले बताए ।
