
धनगढी ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गरेका छन् ।

कञ्चनपुर स्थित सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको दिक्षान्त समारोह उद्घाटनका लागी महेन्द्रनगर जान कैलाली पुगेका प्रधानमन्त्री दाहाल एमाले सचिव भट्टको निम्तोमा उनको निवास अत्तरिया पुगेका थिए ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने,‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो ।’
