Skin_Hospital_Dhn

कैलालीमा लागू औषध ब्राउनसगुरसहित चार जना पक्राउ

धनगढी ।

कैलालीमा अवैध लागू औषध ब्राउनसगुरसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका—२ मिलन चोकबाट दुई जना तथा धनगढी उप—महानगरपालिका—७ मनेहराबाट दुई जना गरी चार जना हिजो (शनिवार) साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा धनगढी उप—महानगरपालिका—२ बस्ने ४० वर्षीय ओम अधिकारी, सोही ठाउँ बस्ने २२ वर्षीय भूपेन्द्र मिश्र तथा सोही उप—महानगरपालिका—७ बस्ने १८ वर्षीय किशोर र जोशीपुर

गाउँपालिका—४ बस्ने २० वर्षीय असीम सागर चौधरी रहेको छन् ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मिलन चोकबाट ओम अधिकारी र भूपेन्द्र मिश्रलाई २ सय मिलिग्राम अवैध लागू औषध ब्राउनसगुरसहित फेला पारी पक्राउ गरेको हो ।

यसै गरी, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले मनेहराबाट किशोर र असीम सागर चौधरीलाइ अवैध लागू औषध ब्राउनसगुर २ सय ६० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...