
काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदा देशका पहाडी भू—भागहरूमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू—भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू—भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
