
धनगढी ।
हिजो (आइतबार) चट्याङ लागेर बैतडीमा आमा—छोरा घाइते भएका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद हिजो (आइतबार) साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर सामान्य घाइते भएका हुन् ।

यस्तै चट्याङ लागेर दुई भैँसी पनि मरेका र घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए ।
चट्याङ लागेर घाइते भएका आमा—छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रवक्ता खत्रीले जानकारी दिएका छन् ।
