Skin_Hospital_Dhn

कैलालीका कलाकार र्‍याप स्टारको उत्कृष्ट १२ भित्र

धनगढी ।
कैलालीका दिनेश भट्ट (कलाकार) र्‍याप स्टारको उत्कृष्ट १२ भित्र पर्न सफल भएका छन् । धनगढी उप—महानगरपालिका वडा न. ५ तारानगर घर भएका कलाकार युवा पुस्तामा लोकप्रिय र्‍याप सङ्गीतमा आधारित नेपालको रियालिटी शो र्‍याप स्टारको उत्कृष्ट १२ भित्र पर्न सफल भएका हुन् । हजारौ प्रतिसप्रधिलाइ उछिन्दै अन्तिम १६ जनामा उत्कृष्ट भई उत्कृष्ट १४ हुँदै १२ जनाभित्र कलाकार पर्न सफल भएका हुन् ।

दिनेश भट्ट (कलाकार)ले आफ्नो प्रदर्शन मन परेमा एपस्टोर र प्ले स्टोर बाट ओएसआर कनेक्ट एप डाउनलोड गरी फोटो र नाम राखिएको छनौट गरी आफूलाई भोट गरी र्‍याप स्टारको अरू चरणहरूमा पुर्‍याउन मद्दत गर्न आम दर्शक श्रोताहरूमा अपिल समेत गरेका छन् ।

कलाकारले ‘सेतो आइमाई, इसै हो ला, द पेन गेम लगायत थुप्रै मर्मस्पर्शी गीतले निर्णायकसँगै दर्शकहरूको मन जितेका छन् । स्पेस फोर के टेलिभिजनमा हरेक हप्ता शनिवार र आइतबार राति ८ः३० बजे र्‍याप स्टार रियालिटी सो प्रसारण हुँदै आएको छ ।

सम्बन्धित
Loading...