Skin_Hospital_Dhn

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्ने भएको छ।

नयाँ बानेश्वर स्थित संसद भवनमा बैठक १ बजे सुरु हुने भएको छ। संसद् सचिवालयले आजका लागि दुई वटा कार्यसूची मात्र राखेको छ।

जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्ने उल्लेख छ।

सम्बन्धित
Loading...