
धनगढी ।
एसईई परीक्षार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कैलाली जिल्लाको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडे भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले सु.प.प्र. ०१००१ ज १४२३ को जिप दुर्घटना भएको पुष्टि गर्दै चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको जनाएको छ ।

मृतक ठगुन्ना एसईई परीक्षार्थी रहेको र अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिएर फर्किंदै गर्दा दुर्घटनामा परेको खुलेको छ ।
सोही घटनामा घाइते भएका अन्य चार एसईई परीक्षार्थीहरूको अहिले अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
