Skin_Hospital_Dhn

निर्माण सम्पन्न भएको १० महिना बित्यो, अझै प्रयोगमा आएन सिटीहल

धनगढी ।
कैलालीको सिटी हल भवन निर्माण सम्पन्न भएको १० महिना बित्दा पनि प्रयोगमा आउन सकेको छैन । धनगढी उप—महानगरपालिका–८ मा तयार भएको सिटी हल सञ्चालन गर्न निर्देशिका नबन्दा प्रयोगमा आउन नसकेको हो ।

सङ्घीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले केन्द्रीय विभागबाट हल सञ्चालनका लागि स्थानीय तहलाई हस्तान्तरण गर्न निर्णय गर्न बाँकी रहेकाले प्रयोगमा आउन नसकेको जनाएको छ । २८ करोडमा निर्माण भएको सिटी हल प्रयोगमा नल्याई अहिले ताला ठोकिएको छ ।सुदूरपश्चिमको व्यापारिक, राजनीतिक र अन्य दृष्टिकोणबाट पनि केन्द्रका रूपमा रहेको धनगढीमा बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर उक्त भवन बनाइएको हो । भवन निर्माणका लागि सङ्घीय योजना कार्यान्वयन ईकाइमार्फत् २०७५ सालमा निर्माण कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढेको थियो ।

सोही अनुसार २०७६ सालदेखि उक्त सिटी हल निर्माणको काम सुरु भएको थियो । २८ करोड खर्च भएको उक्त भवन निर्माण २०७९ असारमै सम्पन्न भएको सङ्घीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले जनाएको छ । सिटी हलको रेखदेख निर्माण कम्पनीले एक जना चौकीदार राखेको भए पनि निर्माण भएको भवनमा भने ताला ठोकिएको छ । उक्त हलमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सय जना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, २ रियल्सन हल र अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ ।

सम्बन्धित
Loading...