
कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ का रामसिह धामी अवैध लागूऔषध फेनारगन र रेस्कोजेसिस सहित पक्राउ परेका हुन् ।

उनको साथबाट दुई एम्एलको १० एम्पुल फेनारगन र दुई एम्एलकै रेस्कोजेसिस गरि कुल २० एम्पुल लागूऔषध फेला पारि प्रहरीले नियन्त्रणमा लिइएको हो ।
कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुशार धामीविरुद्ध लागूऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको छ ।
