Skin_Hospital_Dhn

आजको मौसमः यी तिन प्रदेशका पहाडी भु—भागहरुमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण देशका पहाडी भू—भागहरूमा आँशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने छ ।

राती भने देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भु—भागहरुका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू—भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू—भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...