
एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरलाइ अन्तिम बलमा एक विकेटले पराजित गरेको छ । यो जित संगै लखनउ सुपर जायन्ट्स इन्डिन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लको छ ।

उसको चार खेलबाट छ अंक भएको छ । बेंगलोर भने दुई अंकमै सीमित रहेर सातौं स्थानमा छ ।

जितका लागि २ सय १३ रनको लक्ष्य पाएको लखनउले नौ विकेट गुमाएर २० ओभरमा समाप्त हुँदा त्यसलाई हात पारेको थियो । उसका लागि मार्क स्टोइनसले ६५ र निकोलस पुरनले ६२ रन बनाए ।
पुरन ‘प्लेयर अफ द म्याच’ रहे । त्यस अगाडि तीन ब्याटरको अर्धशतकको मदतले बेंगलोरले दुई विकेटमा २ सय १२ रन बनाएको थियो । विराट कोहलीले ६१, कप्तान फाफ डे फ्लेसिसले ७९ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।
