
बैतडी ।
बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बनाउने निर्णय भएको छ । विश्वविद्यालय सभाले पुर्चौंडीमा रहेको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बनाउने निर्णय गरेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टका अनुसार पुर्चौंडी बहुमुखी क्याम्पससंगै ५ वटा क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ । डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दिप बहुमुखी क्याम्पस, बझाङकै सुनकुडा बहुमुखी क्याम्पस र कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई पनि आंगिक बनाउने निर्णय भएको बिष्टले जानकारी दिए ।

आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुमा अब विश्वविद्यालय अनुदान आयोगसंगै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्वीकृतीका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
यसअघि सुदूरपश्चिमका १५ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाइएको थियो । यसअघि बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक बहुमुखी क्याम्पस मेलौली सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेका छन् ।
