
कञ्चनपुर ।
कञ्चनपुरबाट अवैध लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका—६ भुराकोटबाट हिजो (सोमबार) दिउँसो मदन राना र निसान घर्ति मगर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु।प।प्र।०१—००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार कैलाली धनगढी उप—महानगरपालिका—१३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगरलाई लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
