

धनगढी ।
कैलालीमा आगलागीबाट नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको लम्किचुहा नगरपालिका—५ राजीपुर बस्ने ७५ वर्षीय मारु तिमिल्सेनाको घरमा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
हिजो (सोमबार) राति भएको आगलागी आगलागीबाट १२ बोरा धान, १२ कुण्डल गहुँ, सुन, काठ, लत्ताकपडा लगायतका सामान जलेको प्रहरीले जनकारी दिएको छ ।
