Skin_Hospital_Dhn

नेप्से परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढ्यो

काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (मङ्गलबार) २७ दशमलव ३१ अङ्कले बढेको छ । नेप्से परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम भएको हो ।

आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा ९४ करोड ५२ लाख ४९ हजारमा रुपैयाँ बराबरको कारोबार रकममा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अंकले बढेको छ । बैंकिङ समूह १६ दशमलव ७७, विकास बैंक समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अंकले बढेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निजीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ ।

सम्बन्धित
Loading...