Skin_Hospital_Dhn

सांसद श्रेष्ठले घुस मागेको विषयमा रास्वपाले भोलि निर्णय लिने

काठमाडौँ ।
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयमा सभापति रवि लामिछानेले भोलि निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रुपैयाँ माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले यसबारे भोलि निर्णय लिने भएको हो ।

चितवनमा भएको चुनावी सभामा उनले केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने बताए ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भएपनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

सम्बन्धित
Loading...