
दार्चुला ।
दार्चुलामा खलंगाबाट गोकुले जाँदै गरेको जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन् ।

जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन् । अन्य यात्रुलाई चोटपटक लागेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।
