Skin_Hospital_Dhn

आजको मौसमः लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी चल्ने, तीन वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बुधबार) तीन वटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू—भागका एक—दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार राति देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

सम्बन्धित
Loading...