Skin_Hospital_Dhn

बैतडीमा मध्यरातमा जीप दुर्घटना हुदा छ जनाको मृत्यु, पाँच जना हाम फालेर बाच्न सफल

बैतडी ।
बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा हिजो (मंगलबार) राति जीप दुर्घटना भएको हो ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा चालक सहित १२ जना रहेको बताइएको छ । दुर्घटनामा जीपको पछाडी सवार ५ जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । चालक भने सम्पर्कमा छैनन् ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

सम्बन्धित
Loading...