Skin_Hospital_Dhn

बालुवाको ढिस्कोमा पुरिएर युवतीको मृत्यु, दुई जना घाइते

बैतडी ।
बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाटको बालुवाको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार हिजो (मंगलबार) साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको हो ।

यस्तै उनिसंगै बालुवाको ढिस्कोमा पुरिँने दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी रहेका छन् । घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित
Loading...