
धनगढी ।
धनगढीमा नयाँ वर्षको अवसरमा न्यु इएर इभेन्ट २०८० हुने भएको छ । न्यु इएर इभेन्ट २०८० रकस्टार स्टुडियोको सहकार्यमा सौंराइ स्क्वायरले आयोजना गर्न लागेको हो । नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त इभेन्टमा गायक टंक तिमिल्सिना र डि.जे. नेहा रहेको आयोजकले जनाएको छ ।

उक्त इभेन्टमा कोपिला सिंह, रमेश बिजुली बिसि, मनिषा सिंह, सदिच्छा चौधरी, प्रियंका कुवँर र सरु सानी लगायतका गायक तथा मोडेल रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त कार्यक्रम धनगढी ४ चटकपुरमा रहेको सौंराइ स्क्वायरमा साँझ ६ बजेबाट राती १२ बजेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्षसँगै सुदूरपश्चिममा मनाईने ‘विषु’ पर्वको अवसरमा कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
त्यस्तै, उक्त कार्यक्रमको प्रायोजकमा नेपाल आइस, सेतो बाघ भोड्का, द हिमालयन रिजर्भ, क्यानभास, म्याक्स टाइगर, अनुपमा बेकरी, लीप, रियल फ्रुट, वल्ड लिंक ओम सुरेन्द्र किराना र मिडिया पार्टनर नयाँ सन्देश डट कम, कल ट्वान्टी फोर न्यूज रहेको छ भने लाइटिङ पार्टनर डी.जे. सुरज र डी.जे. म्याक्स, रहेका छन् । कार्यक्रममा खानाको व्यवस्थासँगै प्रतिव्यक्ति एक हजार रुपैयाँ टिकट रहेको आयोजकले जनाएको छ ।
