Skin_Hospital_Dhn

आइपीएल : मुम्बईले पहिलो जित निकाल्दा दिल्लीको लगातार चौथो हार

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत हिजो (मंगलबार) राति भएको खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै जारी सिजनमा पहिलो जित निकालेको छ । अरुन जेट्ली स्टेडियममा भएको खेलमा दिल्ली ६ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १७२ रन बनाएको थियो । दिल्लीका लागि अक्षर पटेलले सर्वाधिक ५४ रन बनाउँदा डेभिड वार्नरले ५१, मनिश पाण्डेले २६ र पृथ्वी शले १५ रन जोडे ।

दिल्लीलाई अलआउट गर्न मुम्बईका जेसोन बेरेन्ड्रोफ र पिउस चावलाले ३र३ तथा राइली मेरेडिथ २ र ऋतिक शोकीनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले ४ विकेट गुमाउँदै अन्तिम बलमा लक्ष्य भेट्यायो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६५ रन बनाउँदा तिलक वर्माले ४१, इसान किसानले ३१ र क्यामरोन ग्रीनले १७ रन जोडे ।

दिल्लीका मुकेश कुमारले २ र मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

सम्बन्धित
Loading...