
धनगढी ।
धनगढीमा सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । धनगढी उप—महानगरपालिकाको आर्थिक सहयोग र भ्याली एनिमल क्लिनिक काठमाडौँको प्राविधिक सहयोगमा उप—महानगरपालिका क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

यही चैत्र २६ देखि २८ गते सम्म तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा जम्मा १५४ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्ने काम सम्पन्न भएको उप—महानगरपालिकाले जानकारी दिएको छ । ।

बजार क्षेत्रमा सामुदायिक कुकुरको संख्या धेरै भएको र बिहानको समयमा हिड्डुल गर्दा कुकुरले टोक्ने र लखेट्ने जनगुनासो पश्चात् सामुदायिक कुकुरको संख्या घटाउने विकल्पको रूपमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
