
अछाम ।
अछाममा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका—१ स्यालीखोलास्थित स्कुटर दुर्घटना हुँदा चालक गणेश नाथको मृत्यु भएको हो ।

स्यालीखोलास्थित सडकमा से. ३ प ७११८ नम्बरको स्कुटर सडकबाट करिब ५ मिटर तल खसेर गए राति दुर्घटना भएको थियो । सोही ठाउँ बस्ने ४८ वर्षीय स्कुटर चालक गणेश नाथको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
