Skin_Hospital_Dhn

क्लिन चिट लिएर यसरी नै तपाईहरुमाझ प्रेस मिट गरेर आउनेछु : सांसद श्रेष्ठ

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको सांसद डा. ढाकाकुमार श्रेष्ठले दाबी गरेका छन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो झुटो भएको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै बताएका हुन् । अडियो एडिट गरेर आफूलाई सुनुयोजित रुपमा फसाउन खोजिएको उनको दाबी छ ।

“यो अडियो केही पनि होइन । सुनुयोजित हो । जनवरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको पार्टीलाई चारैतिरबाट प्रहार गरिएको हो ।” उनले भने । “न्यायालय गइसकेको छु । क्लिन चिट लिएर यसरी नै तपाईहरुमाझ प्रेस मिट गरेर आउनेछु । त्यतिन्जेल धैर्य गर्नुहोला । मेरो कारणले उपनिर्वाचनको बेला पार्टीलाई अप्ठेरो परेकाले क्षमापार्थी छु ।” श्रेष्ठले उक्त अडियोलाई ध्यानमा नराखी रास्वपाका तीनै क्षेत्रका उम्मेदवारलाई जिताउन आग्रह समेत गरे ।

सम्बन्धित
Loading...