Skin_Hospital_Dhn

रास्वपाले सांसद श्रेष्ठलाई गर्‍यो कारबाही, कंसाकारलाई सांसद बनाउने निर्णय

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाइ साधारण सदस्यता समेत नरहने गरि गरिदिएको हो ।

साधारण सदस्यता खारेज भएसँगै श्रेष्ठको सांसद पद पनि गएको छ । अब रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले उनको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सम्बन्धित
Loading...