Skin_Hospital_Dhn

डोटीमा कार र मोटरसाइकल जुधे, श्रीमान्–श्रीमती घाइते

डोटी: डोटीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमान्–श्रीमती घाइते भएका छन्।

भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ पोखरी डाँडामा धनगढीबाट गैरातर्फ आउँदै गरेको बा प्र ०१ ०३० च ६६०३ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २८१० नम्बरको मोटरसाइकल आइतबार दिउँसो करिब सवा १ बजेतिर एकआपसमा ठोक्किएका हुन्।

घाइते हुनेमा अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका २३ वर्षीय मोटरसाइकल चालक प्रकाश साउँद मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २२ वर्षीया सन्ध्या साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशको दुवै हात, खुट्टा र भित्री शरिरमा चोट लागेको छ भने सन्ध्याको दुवै खुट्टामा चोट लागेको बताइन्छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ।

घाइते दुवैलाई उपचारक लागि धनगढी पठाइएको छ। कार चालक धनगढी उपमहानगरपालिका– ३ चटकपुर बस्ने २३ वर्षीय सुरेन्द्र पाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...