Skin_Hospital_Dhn

कैलालीमा ग्याँस सिलिन्डर पड्किँदा एकजना घाइते

धनगढी: कैलालीमा ग्याँस सिलिन्डर पड्किँदा एक जना घाइते भएका छन्।

शनिवार जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बस्ने शारदा रानाको घरमा ग्याँस सिलिन्डर बनाउने क्रममा सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

खड्का ग्याँस सिलिन्डर बनाउने क्रममा शरीरमा आगो लागेर घाइते भएको र उनलाई उपचारको लागि भारत लगिएको बताइन्छ।

सम्बन्धित
Loading...