Skin_Hospital_Dhn

कैलालीमा १५ जना जुवाडे पक्राउ

धनगढी ।
कैलालीमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको टिकापुर नगरपालिका–१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवा तास खेलिरहेको अवस्थामा ५ जना र वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटेलबाट १० जना गरी १५ जना जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले खडक बहादुर शाहीको घरमा जुवा तास खेलिरहेको अवस्थामा जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो ।

यस्तै सोही ठाउँकै वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटेलमा जुवाको खालबाट १ लाख १४ हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ का उदय राब ढुङ्गाना, दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का विक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन् ।

कैलाली टिकापुर नगरपालिका १ बस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल, वर्ष ४९ को देव बहादुर रावल, वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही, ५० वर्षका दल बहादुर साउँद, ५८ वर्षका हिरालाल कोइराला र ६३ वर्षका लोक बहादुर साउँद रहेका छन् ।

सम्बन्धित
Loading...