Skin_Hospital_Dhn

आजको मौसमः यी तिन प्रदेशमा हावाहुरीको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू—भागहरूमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीवार कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज (बिहीवार) दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राति भने देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने छ ।

सम्बन्धित
Loading...