Skin_Hospital_Dhn

आइपिएल : राजस्थान रोयल्स आइपिएलको शीर्ष स्थानमा उक्लियो

चेन्नाई सुपर किंग्सलाइ तीन रनले पराजित गर्दै राजस्थान रोयल्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ।

चेन्नाईको चिदम्बरम स्टेडियममा भएको खेलमा घरेलु टोली चेन्नाईमाथि जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो ।

१७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभर खेलेर ६ विकेटको क्षतिमा १७२ रनमात्रै बनाउन सक्यो ।

चेन्नाईका लागि डेवन कोनवेले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ६ चौकाको मद्दतमा ५० रन बनाए ।

त्यस्तै अजिन्क्य रहानेले ३१ रनको योगदान गरे । कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

खेलको अन्तिम ओभरमा २ छक्का प्रहार गरेका थिए । बाँकी ४ बलमा एकएक रनमात्रै आउँदा नतिजा राजस्थानको पक्षमा पुग्यो । खेलमा रविन्द्र जडेजाले नटआउट २५ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका रविचन्द्रन आश्विन र युजवेन्द्र चाहलले दुई–दुई विकेट लिए भने सन्दीप शर्मा र एडम जाम्पाले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले ३६ बलमा १ चौका र तीन छक्काको मद्दतमा ५२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै देवदत पाडिकलले ३३ बलमा ५ चौकाको मद्दतमा ३८ रनको योगदान गरे । रविचन्द्रन आश्विन र शिम्रोन हेटम्यरको ३०–३० रनको योगदान रह्यो ।

बलिङमा चेन्नाईका आकाश सिंह, तुसार देशपान्डे र रविन्द्र जडेजाले समान दुई–दुई विकेट लिए भने मोइन अलीले एक विकेट लिए ।

जितसँगै चार खेल खेलेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने हार ब्यहोरेको चेन्नाई पाँचौं स्थानमा छ ।

सम्बन्धित
Loading...