
कञ्चनपुर: ग्याँस लिक भएर कञ्चनपुरमा एक घरमा आगलागी हुँदा १५ लाखबढीको क्षति भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा मङ्गलबार बिहान ११ बजे भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भान्सा कोठामा राखिएको ग्याँस लिक भएर एक्कासी आगलागी हुँदा घरमा भएको धनमाल, लुगाकपडा, फर्निचर जलेर नष्ट भएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए।
दमकल र स्थानीयको सहयोगमा केही घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भएको छैन। आगलागीबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
