Skin_Hospital_Dhn

नेपाल उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा पुष्पराज कुँवर निर्वाचित

धनगढी ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर निर्वाचित भएका छन् ।

हिजो (बुधवार) महासंघको ५७ औँ चुनावी साधारण सभाबाट उनी जिल्ला र नगरको (खुल्ला तर्फ) बाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा विजय भएका हुन् । जम्मा ११७ मत खसेको मध्ये उनले ६६ मत ल्याएर विजय हासिल गरेका हुन् ।

जिल्ला र नगरको (खुल्ला तर्फ) १८ जनाको केन्द्रीय कार्यकारिणी समिति सदस्यको कोटामा ३२ जनाको उम्मेदवारी परेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि भुगोलबाट महासंघ केन्द्रीय सदस्य नै थिए ।

सम्बन्धित
Loading...