Skin_Hospital_Dhn

नेपालकै वरिष्ठ डा. पौडेल धनगढी स्किन केयरमा

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको सुविधा सम्पन्न धनगढी स्किन केयर एण्ड एस्थेटिक सेन्टरमा नेपालकै वरिष्ठ एसोसिएट प्रोफेसर डा. संगीता पौडेलले सेवा दिने भएकी छिन्।

वरिष्ठ छाला, कपाल तथा सौन्दर्य रोग विशेषज्ञ डा. पौडलले प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म धनगढी स्किन केयरमा ओपिडी सेवा प्रदान गर्ने धनगढी स्किन केयरका अध्यक्ष जीवनबहादुर सिंहले बताए।

उनका अनुसार स्किन केयरमा अनुहारको चाया पोतो, चाउरीपन हटाउने, स्ट्रेच मार्क्स, पेटको सेतो धर्सा हटाउने, सेतो दुबी (पुत्ले रोग)को उपचार, शरीरमा भएका एलर्जिको उपचार, छाला, कपाल र नंङ सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।

सुदूरपश्चिमको पहिलो र एकमात्र स्किन हस्पिटल धनगढी स्किन केयरलृ अब प्रत्येक दिन छाला, कपाल तथा सौर्न्दर्य रोगसम्बन्धी विशेषज्ञ सेवा दिँदै आएको छ।

सम्बन्धित
Loading...