

धनगढी ।
कैलालीमा अवैध लागू औषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका—२ भवानी मार्गबाट हिजो (बुधवार) दिउँसो प्रकाश साउद र किशोर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नगढी उप—महानगरपालिका—२ भवानी मार्गबाट सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश साउद र सोही उप—महानगरपालिका—१ बस्ने १८ वर्षीय किशोरलाई लागू औषध ब्राउन सुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
