Skin_Hospital_Dhn

कञ्चनपुरमा अवैध लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका—१० भुडाबाट हिजो (बुधवार) दिउँसो करन डगौरा र अजय चौधरी पक्राउ परेका हुन् ।

बेलौरी नगरपालिका—१० भुडामा सु.प.प्र.०२००३ प ४२४७ नम्बरको मोटरसाइकल रोकी उभिइरहेका भिमदत्त नगरपालिका—३ बिचपुरी बस्ने २६ वर्षीय करन डगौरा र २४ वर्षीय अजय चौधरीलाई प्रहरीले जाँच गर्ने क्रममा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ३० मिलिग्रामसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...