Skin_Hospital_Dhn

पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बिहीबार) अपराह्न जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमणको अवस्थाबारेको विवरणअनुसार नेपालमा थप १०६ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा ५४१ आरटीपीसीआर र ९४७ एन्टिजेन विधिबाट गरी १ हजार ४८८ जनामा परीक्षण गर्दा आरटीपीआर विधिबाट ६४ जना र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो । मन्त्रालयको विवरण अनुसार आज (बिहीबार) ४३५ जना संक्रिय संक्रमित छन् ।

सम्बन्धित
Loading...