Skin_Hospital_Dhn

आजको मौसमः लुम्बिनी र सुदूरपश्चिमको तराई भु—भागमा हावाहुरीको सम्भावना

काठमाडौं ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

आज देशका पहाडी भू—भागका एक—दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ।

महाशाखाले पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

सम्बन्धित
Loading...