Skin_Hospital_Dhn

नयाँ वर्ष सुरु भएसंगै आज सुदूरपश्चिममा बिसु पर्व मनाइँदै

धनगढी ।
आज सुदूरपश्चिम प्रदेशमा बिसु पर्व मनाइँदै छ । नयाँ वर्ष २०८० साल सुरु भएको दिनलाइ सुदूरपश्चिमेलीले मौलिक सांस्कृतिक पर्व बिसु का रुपमा हर्षोल्सासका साथ मनाउँछन् ।

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ ।

बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन् । वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन् ।

वर्षको पहिलो दिन बिहानै स्नान गरी सिस्नो लगाउने गरिन्छ । सिस्नो लगाउँदा शरीरमा भएको विष (विकार बस्तु) नाश हुने र रोगव्याधीबाट मुक्त भइने जनविश्वास छ ।

बिसुपर्व मनाउने तयारी भने केही दिन अगाडि देखि नै हुने गर्छ । बिसु पर्वको अवसरमा गाउँघरतिरका घरहरू रातो–सेतो माटो (कमेरो)ले पोतेर चिटिक्क पारिन्छ ।

पर्वका अवसरमा आफन्त तथा नातेदारहरुलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ । वर्षको अन्तिम दिन राति सेल, पुरी, माडा, निसोस्या लगायत मिष्ठान्न परिकार बनाएर सबै एक ठाउँमा बसेर खाने चलन रहेको छ।

देवर—भाउजु, नन्द—भाउजु, साली—भिनाजु, फुपु—सालीहरुका बीचमा सिस्नो र पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ ।

सम्बन्धित
Loading...