Skin_Hospital_Dhn

अछाममा पहिरोका कारण रामारोशन जाने सडक अवरुद्ध

अछाम: अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार शनिबार बिहान सुख्खा पहिरो खस्दा शान्तडा रामारोशन सडक अवरुद्ध भएको हो।

रामारोशन गाउँपालिका– ५ सैनी रसुबेमा झरेको सुख्खा पहिरोका कारण शान्तडा–रामारोशने भित्री सडक खण्ड अवरुद्ध भएको हो। सडकको करिब २५ मिटर भागमा माथिबाट आएको पहिरोले ढाकेको छ।

पहिरो पछाएर बाटो खोल्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित
Loading...