Skin_Hospital_Dhn

दार्चुलाको नौगाडमा किशोर किशोरी मृत फेला

दार्चुला ।
दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा किशोर र किशोरी मृत फेला परेका हुन् ।

अन्दाजी २३—२४ वर्षकी किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ । किशोरको शव भिरमा अडकिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए । उनको शव भन्दा करिब ४०÷५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ।

उनको सनाखत हुन सकेको छैन । सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।

सम्बन्धित
Loading...