Skin_Hospital_Dhn

चमेलिया नदीमा बगेर पुरुषको मृत्यु

दार्चुला: दार्चुला र बैतडीको सीमा नदी चौलानी (चमेलिया) नदीमा बगेर एक पुरूषको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिवार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छेलाबगरमा नुहाउने क्रममा चौलानी नदीमा बगेर पालको मृत्यु भएको हो।

नदीमा बगेर पाल केही समयपछि बगेको ठाउँदेखि करिब दुई सय मिटर तल उनको शव फेला परेको छ। मृतक पालको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...