
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

हिजो (बिहीवार) राति भएको खेलमा पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गुजरातले १ बल बाँकी छँदै लक्ष्य भेट्टायो । गुजरातलाई जिताउन शुभमन गिलले अर्धशतकीय पारि खेलेका थिए ।

कप्तान हार्दिक पंड्या नेतृत्वको गुजरातले खेलमा केही सुधार गरेको छ । हालसम्म गुजरात र पञ्जाबले बराबर ४/४ खेल खेलेका छन् । जसमध्ये गुजरातले ३ र पञ्जाबले २ खेल जितेको छ ।
