Skin_Hospital_Dhn

चेतना मृत्यु प्रकरण : आन्दोलनलाई उग्र नबनाउन कैलाली प्रहरीको आग्रह

चेतना साउँदको मृत्यको बिरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

धनगढी । चेतना साउँदको मृत्यको बिरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । हिजो धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो।

उनको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए। आन्दोलकै क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


जसकारण जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।

तरपनि धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा शुक्रबार बिहानैबाट विद्यार्थीहरुले आन्दोलन गरिरहेका हुन्।

आन्दोलनमा मृतक चेतनाका परिवारबाट भने कोही सामेल नभएको र उनीहरुसंग वार्ता भईरहेको र उनीहरु आन्दोलनको पक्षमा नरहेको जिल्ला प्रहरी कार्यलय कैलाली प्रबक्ता डिएसपि बेदप्रकाश जोशीले बताए । साथै उनले यसरी नै विद्यार्थीहरुले निषेधाज्ञाको अवज्ञा गर्दै आन्दोलन गरिरहँदा कुनै अप्रिय घटना घट्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।


यसरी आक्रोसमा आएर प्रर्दशन गरि स्थितिलाई उग्र नबनाउन आग्रह समेत गरेका छन् ।

प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

ग्रेडरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित
Loading...