Skin_Hospital_Dhn

धनगढी हाफ म्याराथनको प्रथम र द्धितिय पुरस्कार नेपाल आर्मीलाइ

धनगढी ।
धनगढी हाफ म्याराथनको प्रथम र द्धितिय पुरस्कार नेपाल आर्मीले हात पारेका छ् । आज भएको २१.१ किलोमिटर म्याराथनमा नेपाल आर्मीका मुकेशबहादुर पाल प्रथम र नरेन्द्र सिँह रावल द्धितिय भएका हुन ।

धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ‘ भन्ने मूल नाराका साथ आयोजना गरेको म्याराथनमा पालले १ घन्टा ४ मिनेट ४८ सेकेन्ड र रावलले १ घन्टा ७ मिनेट २३ सेकेन्डमा उक्त दुरी पुरा गरेका हुन । सन्तोषबिक्रम बिष्ट तेस्रो भएका छन । प्रथम र दोस्रो नेपाल आर्मीका धावकपनि हुन् ।

म्याराथन धनगढी रंगशालाबाट सुरु भएको थियो । प्रथम भएसँगै पालले नगद ५५ हजार ५ सय ५५ द्धितिय भएका रावलले ३३ हजार ३ सय ३३ र तृतीय स्थान प्राप्त गरेका विष्टले २२ हजार २ सय २२ रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

सम्बन्धित
Loading...